नेपाली सेनामा ३६ सय जनाका लागि खुल्यो जागिर
काठमाडाैं | कात्तिक २८, २०८२
काठमाडौं: नेपाली सेनाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि एक सय जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि दुई जनालगायत विभिन्न गणमा विभिन्न सङ्ख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको हो ।
सबैभन्दा बढि सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जना मागेको छ भने विभिन्न सङ्ख्यामा ब।का।सि, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार र चर्मकर्मी पनि मागेको छ ।
सैन्य पदका लागि शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । एसइई वा सोभन्दा माथिका शैक्षिक योग्ताको प्रमाणपत्र पेस गर्नेहरूले भने कक्षा ८ को प्रमाणपत्र बुझाउनुपर्ने छैन ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रमाणपत्र भएकाहरुको हकमा कक्षा ८ मा न्यूनतम जिपिए २ ल्याएको हुनुपर्ने र कुनै पनि विषयमा डि प्लसभन्दा कम हुन नहुने योग्यता तोकिएको छ । एसइई वा सोभन्दा माथिकै शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेको हकमा न्यूनतम जिपिए १.६ अनिवार्य भनिएको छ ।

पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...
मुस्ताङ: यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

