पामे सहकारीले साधारणसभाको अवसरमा सरसफाइ र आश्रमलाई सहयोग
पाेखरा | असोज ५, २०८२
पोखरा: पामे बचत तथा ऋण सहकारीले १५ औ साधारण सभाको अवसरपारे सहकारीले विभिन्न कार्यक्रम गरेको छ । शनिबार पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको छ भने आइतबार बटुकहरुलाई खाना ख्वाउनुका साथै सिद्धबराह तपोबन आश्रमलाई सहयोग गरेको छ । सोमबार १५ औ साधारण सभा पोखरा २४ पामेमा गर्दैछ ।
सरसफाइ अभियानमा पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल, बाटो अवपर रहेका झाडी लगाएतका फोहोरहरु सरसफाइ गरेको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए ।
उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा अभियानलाई सहकारीले प्रत्येक वर्ष गर्दै आएको बताए । सहकारीले आवश्यकता अनुसार त्यस क्षेत्रमा विभिन्न सामाजीक उत्तरदायित्वका काम गर्दै आएको उनले बताए ।
आइतबार पोखरा २३ माझथुममा रहेको सिद्धबराह तपोवन आश्रम आश्रमलाई आर्थिक सहयोग, खाद्यन्न सहयोग र बटुकहरुलाई खाना र दक्षिणा प्रदान गरेको पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले जनकारी दिए ।
उनले सहकारीले सामाजीक उत्तरदाइत्व अन्तरगत विभिन्न सामाजीक कार्यक्रम गर्दै आएको बताए । उनले पामे सहकारी सहकारीको सिद्धान्त पालना गरेर सञ्चालन गरेका कारणले नै सहकारीमा कुनै समस्या नरहेको बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

