जेनजी सहिद: छ वटा शव हेलिकोप्टरमार्फत् जिल्ला पठाइयो

काठमाडाैं | भदौ ३१, २०८२

जेनजी सहिद: छ वटा शव हेलिकोप्टरमार्फत् जिल्ला पठाइयो

काठमाडौं:   जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका छ वटा शव विभिन्न जिल्ला पठाइएको छ।


भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका शव विभिन्न जिल्ला पठाइएको हो।  


शव अन्तिम संस्कारका लागि भादौ ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत् सुनसरी, उदयपुर, सिराहा, धनकुटा र सङ्खुवासभा जिल्लामा लगिएको हो। 


मङ्गलबार केही शवको पशुपतिको आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। सरकारी तथ्याङ्क अनुसार जेनजी आन्दोलनमा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको थियो। 


सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुका साथै मृतकका परिवारलाई १५ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ।  साथै, सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरूप असोज १ गते सार्वजनिक बिदा दिने  निर्णय गरेको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्