त्रिभुवन विमानस्थल अनिश्चितकाललाई बन्द
काठमाडाैं | भदौ २५, २०८२
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द रहने जानकारी दिएको हो ।
काठमाडौँ उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विध्वंशपछिको विषम् परिस्थितिलाई कारण देखाउँदै यस्तो निर्णय लिइएको हो ।
कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान-अवतरण मार्गमा देखिएको धुवाँको मुस्लो लगायत कारणले जोखिम बढेको जनाएको छ।
त्यसका कारण विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने भएकाले अनिश्चितकाललाई बन्द गर्नुपरेको कार्यालयले जानकारी दिएको छ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

