नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्‍न भाषा आयोगद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैं | भदौ १८, २०८२

नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्‍न भाषा आयोगद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं:  सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्दा नेपाली भाषामा राख्न भाषा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।


आयोगले हिजो प्रेस विज्ञप्ति जारी गर्दै सरकारले भाषाको प्रयोग गर्दा भाषा आयोगको सिफारिस बमोजिम गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको कुराको स्मरण गराएको छ ।


आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेटहरु नेपाली भाषामै राख्‍न सरकारलाई यसअघि नै सिफारिस गरिएको र हिजोआज अंग्रेजी भाषा राख्‍ने कुरा सार्वजनिक भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

थप पढ्नुहोस्

मनाङ:  आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ ।  नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशन...

थप पढ्नुहोस्

चितवन:  चितवन  र पर्सा राष्ट्रिय निकुञ्जमा  गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको  दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र ती...

थप पढ्नुहोस्