डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

डडेल्धुरा | भदौ १२, २०८२

डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

डडेल्धुरा:  डडेल्धुरामा आज  बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।


नवदुर्गा गाउँपालिका–५, चौडको कच्ची सडक खण्डमा डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 


जीप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र ४ जनाको मृत्यु र ४ जना घाइते भएको जानकारी आएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए। उनका अनुसार उद्धार जारी छ। 


दुर्घटनाको सूचनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिप्रकाको टोली घटनास्थल पुगेका छन्।


घाइतेलाई उद्धार गरेर डडेल्धुरा अस्पतालमा ल्याउने तयारी भइरहेको छ। 


मृतकको सनाखत र दुर्घटनाको कारण खुल्न बाँकी छ। 


 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्