तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी

पाेखरा | भदौ ११, २०८२

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी

 पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टुँडिखेल घन्काउने भएका छन् ।


“हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवमा बिहीबार नविना र रोजिना सगै तारापति सुवेदी, रामजी पौडेल, नवराज अधिकारी, तुलसा जिसी, पार्वती गुरुङ, गगन गुरुङ लगायतका कालाकारले आफनो प्रस्तुती राख्ने भएका छन् ।


महोत्सवमा बुधबार प्रजापति पराजुली, जीवन दाहाल, प्रेमराज अधिकारी, नविन पौडेल, तारापति सुवेदी, सरला पाण्डे, शिवहरी ढुङ्गाना, लक्ष्मी नेपाली, टेक क्षत्री, इन्द्रा गुरुङ, अम्विका भण्डारी, सुदिप क्षेत्री लगायतका कलाकाहरुले आ आफनो प्रस्तुती राखेका थिए ।


महोत्सव अन्र्तगत बुधबार एकल नृत्य प्रतियोगिता, छेलोहान्ने प्रतियोगिता, ढिकी जातो प्रतियोगिता र तिज गित प्रतियोगिता समेत सम्पन्न भएका आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्