टुँडिखेल तीज महोत्सवःएकल नृत्य प्रतियोगिता सुरु

बुधबार छेलोहान्ने प्रतियोगिता हुने

पाेखरा | भदौ १०, २०८२

टुँडिखेल तीज महोत्सवःएकल नृत्य प्रतियोगिता सुरु

पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ  । 


‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवमा एकल नृत्य प्रतियोगिता सुरु भएको हो । 


महोत्सव अन्र्तगत बुधबार छेलोहान्ने प्रतियोगिता हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । 


एकल नृत्य र छेलोहान्ने प्रतियोगिताका बिजेताहरुले समान १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने छन् । 


यसै गरि महोत्सवमा बुधबार प्रजापति पराजुली, जीवन दाहाल, प्रेमराज अधिकारी, नविन पौडेल, तारापति सुवेदी, सरला पाण्डे, शिवहरी ढुङ्गाना, लक्ष्मी नेपाली, टेक क्षत्री, इन्द्रा गुरुङ, अम्विका भण्डारी, सुदिप क्षेत्री लगायतका कलाकाहरुले आ आफनो प्रस्तुती राख्ने भएका छन् ।


महोत्सव अन्र्तगत सोमबारदेखि सुरु भएको ढिकी जातो प्रतियोगिता जारी रहेको छ । प्रतियोगितामा सहभागीहरुको एक समुहमा पाँच जना रहनेछन् । सहभागी प्रतियोगिलाई आयोजकले एक पाथी धान दिनेछ । त्यसपछि त्यो धानलाई ढिकी मा लगेर कुट्नु पर्नेछ । कुटेको धानबाट भुस र चामल छुट्याएर चामललाई जातोमा लगेर पिठो बनाउनुपर्नेछ । यस्का लागि सहभागिले २५ मिनेटको समय पाउनेछन् । आफुले पाएको समयमा जुन समुहले धेरै पिठो बनाउछ उही समुह बिजेता हुने अध्यक्ष अधिकारीले जानकारी दिए । बिजेता समुहले १२ हजार ५५५, द्धितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउनेछन् । 


यसै गरि महोत्सव अन्र्तगत आईतबारदेखि सुरु तिज गित प्रतियोगिता समेत जारी रहेको छ । मंगलबारसम्म ११ टोलीले भाग लिएको प्रतियोगिता बुधबारसम्म जारी रहनेछ । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार ५५५, द्घितियले २० हजार ५५५, तृतियले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा र नृत्यले तीन हजार ५५५ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए ।


 

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

थप पढ्नुहोस्

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्