महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम

पाेखरा | भदौ ५, २०८२

महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो।


गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ ।


सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले महिलाका विचार र आवाजलाई निर्णायक भूमिकामा स्थान दिनुपर्ने बताइन्। उनले समावेशीतालाई सबै संस्थागत अभ्यासमा अनिवार्य रुपमा लागू गर्नुपर्नेमा जोड दिइन्।


महिला समावेशी सम्बन्धी नीति नियमहरू बने पनि कार्यान्वयन हुन नसकेको उनको गुनासो छ। हरेक संस्थामा जेसी ९जेंडर समानता० नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा विशेष ध्यान दिन उनले आग्रह गरिन् ।


सवनम शर्माले महिलामाथि हुने हिंसाका विरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताइन्। अझै पनि समाजमा बोक्सी प्रथा विद्यमान रहेको बताउँदै त्यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखिन्।


उनले नेपालको संविधानले हिंसा वा दुर्व्यवहार भएमा कानुनी उजुरी गर्ने अधिकार सुनिश्चित गरेको भन्दै पीडितलाई आफ्नो हक प्रयोग गर्न आग्रह गरिन्।


कार्यक्रममा गण्डकीका प्रेस रजिस्ट्रार विमला भण्डारी, क्रियाशील महिला पत्रकार महासंघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पंगेनी, गोनेसाका कार्यक्रम संयोजक मुना दवाडी, फेडोका प्रदेश सदस्य सुमित्रा गायक, इन्सेकका संयोजक गणेश भण्डारी, गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्मा लगायतको उपस्थिति थियो।
 

काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिन...

थप पढ्नुहोस्

तनहुँ:  तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा ...

थप पढ्नुहोस्

पोखरा:  नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ ।   स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत व...

थप पढ्नुहोस्