अडानमा पक्का कार्की पोखरामा कांग्रेसका एक्ला वागी उम्मेदवार

काठमाडाैं | बैशाख १६, २०७९

अडानमा पक्का कार्की पोखरामा कांग्रेसका एक्ला वागी उम्मेदवार

पाेखराः पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धन विरुद्ध वागी बनेका विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् । 

 

निर्वाचन आयोगको तालिका अनुसार अहिले ५ बजेसम्म उम्मेदवार मनोनयन फिर्ता लिने समय रहेको थियो । पोखरामा नेपाली कांग्रेसका ऋषि सापकोटा, नन्दप्रसाद तिवारी र कार्कीले वागी उम्मेदवारी दर्ता गराएका थिए ।

 

समयतालिका सकिएपछि सुनगाभा न्यूजसँग कुरा गर्दै कार्कीले भने ‘मेरो उम्मेदवारी राजनीतिक विद्रोह हो, म मेरो अडानमा पक्का छु ।’

 

पार्टीमा विद्रोही युवा नेताको छवि बनाएका कार्की कास्की २ का क्षेत्रीय सभापति एवं कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति हुन् । 

 

सभापति शेरबहादुर देउवाले गठबन्धनको नाममा अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न लगाएपछि असन्तुष्टी पोख्दै पोखरा महानगरको मेयरमा वागी उम्मेदवारी दिएको कार्कीको भनाई छ ।

 

यसैबीच, उम्मेदवारी फिर्ता लिएका सापकोटा र तिवारीले भने सांकेतिकरुपमा विद्रोह गरेको जनाएका छन् । ‘म कांग्रेस हुँ तर नेताको मलद्वारलाई हरिद्वार भन्न सक्दिन’ उनले स्पष्ट पारे । 

 

पार्टीले वागी उम्मेदवारलाई कारवाही गर्ने भनेको छ नी ? भन्ने प्रश्नमा कार्की भन्छन् 'जे जस्तो गरेपनि तयार छु ।' 

 

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

थप पढ्नुहोस्

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्