सामुहिक रुपमा तिज मनाउँदा आत्मियता बढ्छ: नेता अधिकारी

पाेखरा | भदौ २, २०८२

सामुहिक रुपमा तिज मनाउँदा आत्मियता बढ्छ: नेता अधिकारी

पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ ।


माझठाना पोखरा सम्पर्क समाजद्धारा आज पोखरामा आयोजित तिज विशेष एवम् विद्यार्थी सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले सस्थागत रुपमा तिज मनाउनदा  मनाउँदा एक आपसमा आत्मियता अभिवृद्धि हुने बताउनुभयो ।


संस्कृति र संस्कारको माध्येमवाट धार्मिक एवम् पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा जोड दिंदै उहाँले समाज बढ्दै गएको विकृति र विसंगतिका विरुद्धमा एकतावद्ध भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।


कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरी मध्येवाट एसइई २०८१ मा सर्वोत्कृष्ट अंक ल्याएर उत्ततिर्ण हुनु हुने पाँच जनालाई नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।


समाजका अध्यक्ष सारदा लामिछानेको अध्यक्षमा भएको कार्यक्रममा पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने,समाजका निवर्तमान अध्यक्ष भोलानाथ ओझा,सल्लाहकारव्दय डा निर्मल लामिछाने र डा. मानवहादुर केसी,सुर्यज्योती लाइफल इन्स्वरेन्स प्रालि गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद वराल,कार्यक्रम संयोजक सूर्यराज चपाई, विष्णुहरि तिवारी लगायतले समाजले खेल्दै आएको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।
 
 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्