हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवद्र्धन
पाेखरा | भदौ २, २०८२
पोखरा: हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्की जिल्लाको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ ।
साउनको अन्तिम शनिबार पोखरा ९ दरबारथोकमा भेला भई हेमजाको सुइखेत सम्म वसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै धिताल होमस्टेमा पुग्दा संचालन विशाल पौडेलले पुष्पगुच्छाले स्वागत गरेका थिए ।
हाइकिङ समुह धितालबाट, अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्का हुँदै मिलनचोक सम्म पैदल आई हाइकिङ समापन गरिएको थियो ।
त्यसपछि माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा समुन्द्री सतहबाट १५५० मिटरको उचाईको पोखरीडाँडामा निर्माण गरिएको नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएकोे छ ।
हरेक महिनाको अन्तिम शनिबार विगत ६ वर्षदेखि नियमित रुपमा हाईकिङ कार्यक्रम संचालन भइरहेको छ । क्लबको आयोजना भएता पनि उक्त दिनको यातायात र खानाको खर्च सहभागि आफैले व्यहोर्नु पर्ने यस कार्यक्रममा दिनप्रतिदिन सहभागिताको वढ्दो उपस्थितिले क्लबलाई हौसला मिलेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।
पहिलो पटक सहभागि जनसंचार डटकमका प्रकाशक, पत्रकार ओम हमालले हरेक महिना नयाँनयाँ गन्तव्यमा पैदलै हिड्दै, गाउँघर चाहर्दै गाउँको अर्गानिक खानाको स्वाद लिन पाईने भएकोले यसको आकर्षण वढ्ने वताए । उनले यस्ता राम्रा कार्यक्रमहरु गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने संस्थालाई राज्यले सहयोग गर्नु पर्ने पनि बताए ।
हाइकिङमा सहभागि पवित्र वचत तथा ऋण सहकारीका अध्यक्ष तथा समाजसेवी बुद्धिबहादुर रानाभाटले हाइकिङको सुरुवाती समयमा आफु पनि सहभागी हुने गरेको स्मरण गर्दै हाइकिङले हिड्ने वानीको विकास गर्ने बताए ।
हाइकिङ कार्यक्रममा पोखरा ११ फुलवारीकी कक्षा ५ की विद्यार्थी १० वर्षीय सगुन वास्तोला, व्यवसायी, राजनीतिक व्यक्तित्व, विभिन्न पेशा व्यवसायमा आवद्ध सहभागी भएका थिए ।
आगामि ६२ औं हाईकिङ श्रृङ्खला भदौको अन्तिम शनिबार २८ गते आयोजना गरिने छ भने कहाँ जाने भन्ने निर्णय तेश्रो शनिबार गरिने क्लबका सदस्य पितम सेन ठकुरीले बताए ।
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आर...
उदयपुर: सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...
म्याग्दी: यहाँ उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिँडो, रोटी र खोलेमा मात्र ...

