बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं | भदौ २, २०८२

बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं:   काठमाडौंको बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 


गोल्फुटारदेखि बूढानीलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर र बूढानीलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।


बूढानीलकण्ठ ७ मा राति १ बजे बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको मृत्यु र अर्का करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


मृतकको आफन्तको खोजी भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्