पोउवासंघका सदस्यलाई युआरएलमा ३५ प्रतिशत छुट
पाेखरा | भदौ १, २०८२
पोखरा: पोखरा उद्योग वाणिज्य संघका सदस्य र उनीहरुका परिवारले स्वास्थ्य प्रयोगशालामा छुट पाउने भएका छन् ।
संघ र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)बिच पाँच वर्षसम्म रगतसहितका जाँचमा ३५ प्रतिशट छुट दिने सम्झौता भएको हो ।
सम्झौतमा संघका अध्यक्ष गोकर्ण कार्की र युआरएल अध्यक्ष ठकुरप्रसाद पन्थले आइतबार हस्ताक्षर गरेका छन् ।
संघका सदस्य र उनीहरुका परिवारले पोखराको न्युरोडमा रहेको युआरएलको प्रधान कार्यालयसहित युआरएलका सबै शाखाबाट परिचयपत्रका आधारमा छुट पाउनेछन् । भदौ १ बाट सुरु भएको सम्झौता २०८७ साउन मसान्तसम्म कायम हुनेछ ।
संघ पोखराको अग्रणी संस्था हो भने युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला हो ।
युआरएल अध्यक्ष पन्थले पछिल्लो क्रममा बेला बेलामा आफैं रक्त परीक्षण गराउने चलन बढेको जनाउँदै पोखरेली उद्योगी, व्यवसायीको हितका लागि सम्झौता भएको बताए ।
‘खासगरी कोभिडपछि बेला बेलामा सेल्फ टेस्ट गराउने चलन बढेको छ,’ अध्यक्ष पन्थले भने, ‘पोखराका उद्योगी, व्यवसायी र उहाँहरुको परिवारलाई स्वास्थ्य जाँचमा प्रोत्साहन र सहजताका लागि सहकार्य गरेका हौँ ।’ १२ वर्षअघि स्थापना भएको युआरएलले सामाजि उत्तरदायित्व वहन गर्दै आफैं र विभिन्न संघसंस्थासँग सहकार्य गरी अहिलेसम्म २ सय ५ वटा निशुल्क रक्तजाँच शिविर गरिसकेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

