नेपाल अडिटर्स एसोसियसन (अडान)को २० औ स्थापना दिवसका अवसरमा कार्यक्रम
पाेखरा | साउन १७, २०८२
पोखरा: नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस(अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम अन्तर्गत अडान कास्कीले साउन १६ गते बिहान मानव सेवा आश्रम हेम्जामा रहेका करिब १८० जना आश्रितहरूलाई भोजन गराउनुका साथै वेल वृक्षरोपण गरिएको हो ।
उक्त कार्यक्रम अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा गरिएको थियो ।
उक्त दिन दिउँसो सस्थाका सदस्यहरुलाई नविनतम प्रविधीको जानकारी गराउने उद्देश्यका साथ व्यवसायिक अभ्यासमा कृतिम बौद्धिकता (ब्चतषष्अष्ब िक्ष्लतभष्निभलअभ–ब्क्ष्)का अबसर तथा चुनौती विषयक प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू केशबहादुर के.सी, चन्द्रबहादुर सुवेदी, राजेन्द्र पौडेल, रुद्रनाथ पौडेल, कमलबहादुर रेग्मी र गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष पदमबन्धुु पोखरेललाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला सचिव अर्थ विज्ञ टंक पाण्डेले रजिष्टर्ड अडिटर्सहरूले प्रमाणपत्र मात्र लिएर नभइ पेशा व्यवसायमा आवश्यकता अनुसार व्यावसायिक ज्ञान र शिप हासील गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले नेपाल अडिटर्स एशेसियशन २०६३ श्रावण २० मा स्थापना भएको बताउँदै संस्था स्थापनाको उद्देश्य, सदस्यहरूको पेशागत हक हितका पक्षमा सस्थाले गरेका कामहरू बारे जानकारी गराउनुभयो ।
लेखापरिक्षण व्यवसायमा आएका नविनतम मापदण्हरूको प्रयोग एवम् व्यवसाय माथि गैर व्यवसाही विचौलियाहरूको आक्रमण नियन्त्रण गर्न चुनैती भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण लेखा व्यवसायीहरूले अनुशासित भै व्यवसाय गर्नुपर्नेमा जोड दिनुुभयो ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले लेखापरिक्षकहरुले प्रचलित ऐन कानुन मापदण्ड समेतलाइ अध्यन गरी वित्तीय विवरणहरू पेश गर्न सुझाव दिनु भयो ।
अडान कास्कीका अध्यक्ष गुणनिधी पाण्डेको अध्यक्षता एवम् सदस्य कृष्णराज ढुङ्गनाले सञ्चालन गर्नुुभएको कार्यक्रममा काठमाडौं युनिर्भसिटी एआइ विज्ञ मनोज शाक्यले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ उपाध्यक्ष दिनेश बास्तोला , लेखनाथ उद्योग वाणिज्य संघ, आइक्यान पोखरा, क्यान महासंघ कास्की, अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष एवम् पदाधिकारी, अडान केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, अग्रज अडिटर्स लगायत ८० जना सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

