ठुलीभेरी नदीमा फसेका चार जनाको सकुशल उद्धार
काठमाडाैं | साउन १३, २०८२
काठमाडौं: ठुलोभेरी नदीमा फसेका चार जना स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ ।
डोल्पाको ठुलोभेरी नगरपालिका–३, धूपीचौरस्थित ठुलीभेरी नदीमा दाउरा सङ्कलन गर्न गएका बेला पानीको बहाव बढ्दा उनीहरू नदीको बिचमा फसेका थिए ।
नेपाली सेना, संग्राम शार्दुल गुल्म डोल्पाबाट खटिएका टोली, अन्य सुरक्षा निकाय र स्थानीयहरूको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको नेपाली सेनाले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

