हजारभन्दा बढी थपिए कोरोना सङ्क्रमित

काठमाडाैं | साउन २४, २०७९

हजारभन्दा बढी थपिए कोरोना सङ्क्रमित

 

काठमाडौँ:    कोरोना भाइरसको सङ्क्रमण आज एक हजारभन्दा बढीमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार तीनसय परीक्षणमध्ये एक हजार ९० मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

  

 सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय छ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ३८ घर फर्किएका छन् । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । 

 

अहिलेसम्म ११ हजार नौ सय ७४ को सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् ।

 

   यस्तै होम आइसोलेसनमा पाँच हजार पाँच सय ९३, संस्थागत आइसोलेसनमा दुई सय १३, सघन उपचार कक्ष (आइसियु)मा ६१ जना र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ७१ हजार आठ सय ३७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्