पोखरामा ट्राफिक प्रहरी जवानले मोटरसाइकल चालकलाई किन कुटे ?

पाेखरा | साउन १२, २०८२

पोखरामा ट्राफिक प्रहरी जवानले मोटरसाइकल चालकलाई किन कुटे ?

पोखरा:   पोखराको पालिखे चोकमा एक ट्राफिक प्रहरी जवानले मोटरसाइकल साइकल चालकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आज सार्वजनिक भएको उक्त भिडियो हिजो (आइतबार) रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले सुनगाभा न्यूजलाई जानकारी दिईन् । 


‘उक्त भिडियो पोखरा पालिखे चोकको हो, हिजो (आइतबार)को हो, ट्राफिक प्रहरी प्रमुख पाण्डेले भनिन्, ‘सामाजिक सञ्जालमा आज सार्वजनिक भएको उक्त भिडियोपछि डिउटीमा खटिएका ट्राफिक प्रहरी जवानले चोकमा डिउटीको क्रममा रोक्न खोज्दा नरोकी गइ पालिखे चोकबाट नदीपुरतर्फ गई पुनः फर्किएर आएर ट्राफिक प्रहरीसँग झगडा गरेको हो ,उक्त विषयमा थप बुझ्दै छौं ।’


उक्त भिडियोमा ट्राफिक प्रहरी जवानले मोटरसाइकल चालकलाई हातपात गरेपछि मोटरसाइकल चालकले समेत हेल्मेटले हानेको देखिन्छ । 

ट्राफिक प्रहरी र मोटसाइकल चालकबीच झगडा भएको भिडियो सामाजिक सञ्जालमा राख्दै रविन प्रजो लेख्छन् ‘एउटा अभिभावक जो आफ्नो बच्चालाई स्कुल छोड्न जाने क्रम एउटा ट्राफिक प्रहरीबिच को यो झगडाको कारण के हुन सक्छ ?,  यहाँहरुको कमेन्टको अपेक्षा राख्दछु ।’


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्