पोखरामा ९ जुवाडे २ लाख बढी नगदसहित पक्राउ

पाेखरा | साउन ११, २०८२

पोखरामा ९ जुवाडे २ लाख बढी नगदसहित पक्राउ

पोखरा:   पोखरा लेकसाइडस्थित होटल लेक टपको कोठामा जुवातास खेलिरहेका ९ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ । 


होटलको कोठामा तास खेलिरहेका ९ जना जुवाडेलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए । 


९ जना जुवाडेको साथबाट २ लाख ५६हजार ४ सय, भारतीय नगद रु ५ हजार ५ सय  र २० बुक तास बरामद भएको प्रनाउ बस्नेतले बताए । 


पक्राउ पर्नेमा पोखरा महानगरपालिका घर भएका ४७ वर्षीय चिन्तामणी अधिकारी, २७ वर्षीय अर्जुन अधिकारी, ४९ वर्षीय माया गुरुङ, भक्तपुर घर भई पोखरा बस्ने ५६वर्षीय रामजी घजु, बागलुङ जैमिनी घर भई पोखरा बस्ने २९ वर्षीय तुलबहादुर थापा छन् । 


यस्तै पवर्तको बिहादी घर भई पोखरा बस्ने ४८ वर्षीय दुर्गाबहादुर थापा, बागलुङ बडिगाड घर भई पोखरा बस्ने ५४ वर्षीय हेमबहादुर श्रीस, म्याग्दीको रघुगंगा घर भई पोखरा बस्ने ४० वर्षीय दिपक आचार्य र रोल्पा सुनछहरी घर भई पोखरा बस्ने २९ वर्षीय मिनु बुढामगर छन् । 


पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरील जनाएको छ । 

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गत भदौमा भएको जेनजी आन्दोलनका...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ।  महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका ...

थप पढ्नुहोस्