हेमजा लायन्स र लियोको संयुक्त आयोजनामा गौरी शंकर मावि हेमजामा वृक्षारोपण
पाेखरा | साउन ११, २०८२
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र लियो क्लब अफ हेमजाले संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो ।
प्रमुख अतिथि लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन चियर पर्सन दिनेश तुलाचनले वातावरणीय स्वच्छता तथा उत्पादन मुखी फलफुलका बिरुवा रोपेर मानव स्वाश्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने कुरा बताए ।
तुलाचनले हेम्जा का लायन्स र लियोको समाज सेवाप्रति रहेको भावनालाई उच्च कदर गर्दै आगामि दिनमा अझै सक्रिय रुपमा समाजसेवामा समर्पित हुन आग्रह गरे ।
लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे का जोन १०का जोन चेयर पर्सन प्रगत कायस्थले फलफूलका विरुवा हुर्कदै फल्दै जाँदा बिधर्थिहरुलाई पनि अध्ययन र खाजाका लागी प्रयोग हुने चराचुरुङ्गीको संख्या समेत बढेर जाने बताए ।
लियो पास्ट डिस्ट्रिक्ट गर्भनर बिष्णु दाहाल ले हेमजाको सामाजिक क्षेत्रमा लियोको सक्रियता खुलेर प्रसंसा गरे । गौरी शंकर माविका प्रधानाध्यापक अमर बहादुर कुँवरले रोपेका बिरुवालाई हुर्काउन र संरक्षण गर्न स्कुल प्रतिवद्ध रहेको बताए ।
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...
पोखरा: पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवक...

