पोखरा: २ दर्जन तस्बिरमा हेरौं, आदिवासी जनजातिको जमघट
पाेखरा | साउन २४, २०७९
पाेखरा: २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह आयोजनामा आज (अगस्ट ९) अर्थात २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ ।
विहान ११ः३० बजे आदिवासी जनजाति समुदायले आफ्नो जातजातिको झाँकी तथा र्यालीसहित पोखराको चिप्लेढुङ्गा, न्यूरोड, सभागृह, पृथ्वीचोक हुँदै मगर संघ कास्कीको सभाहलमा गएर कोणसभामा परिणत भएको थियो ।
आज देशभर २८ औँ अन्तराष्ट्रिय जनजाति दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि दिवस मनाइदैं छ ।
गण्डकी प्रदेशका आदिवासी समुदायहरुले आफ्नो जिल्ला देखि विभिन्न झाकी तथा र्याली प्रस्तुत गरेका थिए । भने नेवार समुदायले पहिलो पटक भक्तपुर देखि घिन्ताङ घिसी घिसी नाँच प्रस्तुत गरिएको थियो । दिवसमा साकेला, सोरठी, घाँटु, सालैजो, चुट्टा लगायतका संस्कृति प्रस्तुत गरिएको थियो ।
सन् १९८२ डिसेम्वरमा संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलले स्वीजरल्याण्डमा बसेको पहिलो बैठकले हरेक अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
दुई वर्षसम्म कोरोना भाइरसका कारण औपचारिक रुपमा मनाउन नपाइएको अन्तराष्ट्रिय जनजाति दिवस २ वर्ष पछि पुन: मनाइएको आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले जनाएको छ ।
तस्बिरहरू:-























पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

