ध्वनी प्रदुषण गर्ने सवारीलाई कारवाही गर्ने बैदाम डिएसपी भट्टराईको चेतावनी
पाेखरा | साउन ८, २०८२
पोखरा: वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराईले ध्वनी प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने बताएका छन् ।
साउन ५ गते वडा प्रहरी कार्यालय बैदामामा प्रमुखको रुपमा आएका भट्टराईले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्न प्रहरी परिचालन गरिसकेको बताए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराईले शान्ती सुरक्षा सबैको सरोकारको विषय रहेको बताए ।
भट्टराईले पर्यटकीय क्षेत्र लेकसाइडमा मोटरसाइकलले ध्वनी प्रदुषण गरेको गुनासो सुने पछि आफुले ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि प्रहरी खटाइसकेको बताए ।
भट्टराईले पर्यटकीय नगरीलाई सभ्य र सुरक्षीत बनाउन सबैको साथ लिएर अगाडी बढ्ने बताए । । प्रहरीले गर्नुपर्ने काम कर्तब्यमा रहेर शान्ति सुरक्षा कायम गर्न आफु लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले बैदाममा हुने गरेका अवान्छिक क्रियाकलापलाई रोक्न भट्टराईको ध्यानाकर्षण गराएका थिए ।
बरालले रात्रीकालिन व्यवसायका कारण होहल्ला हुने गरेका कारण स्थानीयहरु प्रभावित भएको बताए ।
उनले लेकसाइडको हल्लनचोक देखी बाराहीघाट सम्म पार्किङको समस्या रहेको, फेवाताल किनारको फुटट्रेल लागु पर्दाथ दुव्र्यसनीको अखडा बनेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
कार्यक्रममा सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मिना भट्टराई लगायतले दण्डहिनता मौलाउदा शान्तीसुरक्षा खलबलिने भएकाले प्रहरी सचेत हुनुपर्ने धारणा राखे ।
स्वागत कार्यक्रममा संस्थाका उपाध्यक्ष सोभियत परियार र महासचिव शान्ता तिमिल्सीना, समाजसेवी नविन बराल लगायतले लेकसाइड पर्यटकीय क्षेत्र भएकाले शान्ती सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए ।
उनीहरुले कास्कीका अन्य क्षेत्र भन्दा लेकसाइडलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने धरणा राखे ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

