कास्कीको अन्नपूर्णमा पहिरोले विद्यालयमा क्षति
अध्यापनका लागि वैकल्पिक स्थान खोज्दै गाउँपालिका
पाेखरा | साउन ४, २०८२
फोटो सामाजिक सञ्जाल
पोखरा: गएराति परेको अविरल वर्षासँगै आएको पहिरोले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ को एक विद्यालयमा क्षति पुगेको छ ।
अन्नपूर्ण गाउँपालिका–८ मोदी आधारभुत विद्यालयको भवनमा गएरातिकोे अविरल वर्षासँगै आएको पहिरोले क्षति पुगेको वडाध्यक्ष विजय गुरुङले जानकारी दिए ।
‘गएराति परेको अविरल वर्षाले अन्नपूर्ण गाउँपालिका–८ स्थित मोदी आधारभुत विद्यालयमा पहिरोले क्षति पु¥याएको छ, वडाध्यक्ष गुरुङले भने, ‘ पहिरोले विद्यालयको ६कोठे भवनमा क्षति पुगेको छ, कक्षाकोठासँगै कार्यालयमा रहेका केही सामानहरु पुरिएका छन्, अहिले गाउँपालिका र प्रशासनबाट अनुगमन भइरहेको छ ।’
वडाध्यक्ष गुरुङका अनुसार त्यस विद्यालयमा १७ जना विद्यार्थीहरु अध्ययनरत छन् । पहिरोले विद्यालयमा क्षति पुगेपछि विद्यालय नजिक रहेको खाली घरमा विद्यार्थीहरुलाई अध्यापन गराउने गाउँपालिकाले तयारी गरेको छ ।
विद्यालय भन्दा करिव २ सय मिटर माथिबाट खसेको पहिरोले विद्यालयमा क्षति पुगेको वडा कार्यालयले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

