संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा क्षेत्री निर्वाचित
पाेखरा | असार २९, २०८२

पोखरा: संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा विशन क्षेत्री निर्वाचित भएका छन् ।
पोखरामा आज भएको मञ्चको छैटौँ साधारण सभा तथा चौँथो अधिवेशनबाट विशन अध्यक्ष निर्वाचित भएका हुन् । उनले २० मत प्राप्त गरे । उनका प्रतिष्पर्धी रोहितराज पराजुलीले १६ मत पाए ।
युवराज श्रेष्ठलाई १० मतले पराजित गर्दे अनुप पौडेल उपाध्यक्ष निर्वाचित भए । पौडेलले २३ र श्रेष्ठले १३ मत पाए । सचिवमा युवराज गुरुङ युनिस र सहसचिवमा उमा आलेमगर सर्वसम्मत चयन भए ।
फणिन्द्र अधिकारीलाई २ मतले हराउँदै ऋषिराम बराल कोषाध्यक्ष निर्वाचित भए । बरालले १९ र फणीन्द्रले १७ मत पाए । सदस्यहरु निर्विरोध निर्वाचित भए ।
दुर्गा राना, प्रतिक्षा काफ्ले, सुबास पौडेल, चन्द्रिका घिमिरे अनिता, सञ्चय रानाभाट र विमल तिवारी चयन भए ।
काठमाडौं: नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुगेको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल लगातार दोस्रो पटक टी(२० विश्वकपको टिकट का...
पोखरा: होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन...
पोखरा: कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बद्ध सबैमा आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प...