खेलपत्रकारका लागि क्षमता अभिवृद्धि तालिम
पाेखरा | असार २०, २०८२
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम दिईएको छ ।
शुक्रबार भएको तालिममा गण्डकी प्रदेशमा रहेका विशेषगरि खेल क्षेत्रमा रुची राखेका क्रियाशिल पत्रकारहरुलाई भलिवल, एथ्लेटिक्स र क्रिकेट सम्वन्धि प्रशिक्षण गराइएको हो ।
खेलका नीति, नियम तथा मापदण्डका बारेमा बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको छ । तालिममा सहभागि पत्रकारले खेलका टेक्निकल नियमका विषयमा केन्द्रीत रहेका थिए । समाचार लेख्दा टेक्निकल नियमका बारेमा बुझ्न आवश्यक रहेको सहभागिको भनाई थियो ।
तालिममा भलिबल सम्वन्धि राजन पौडेल, आइटिओ एथ्लेटिक्स सम्वन्धि सिद्धान्त अधिकारी र क्रिकेट सम्वन्धि रिजन प्रजुले प्रशिक्षण दिए ।
यसअघि भएको उत्घाटन सत्रको अध्यक्षता गरेका मञ्चका अध्यक्ष एमबि आस्था मगरले तालिमका बारेमा जानकारी दिँदै यसको आवश्यकता र महत्वका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले खेल क्षेत्रका कुराहरु सरकार समक्ष पुराउन पत्रकारले खेल क्षेत्र र यसका नीति नियम बुझ्न आवश्यक रहेको बताए । साथै खेल र खेलाडीका बारेमा प्रकाशित सकारात्मक समाचारले खेल संघ तथा खेलाडीलाई प्रोत्साहन मिलेको समेत उनको भनाई थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल खेलकुद पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगाएतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिएभने कार्यक्रमको सञ्चालन मञ्का महासचिव परशुराम शर्माले गरेका थिए ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

