चितवन निकुञ्जमा असार १५ देखि जीप सफारी बन्द

चितवन | असार ९, २०८२

चितवन निकुञ्जमा असार १५ देखि जीप सफारी बन्द

चितवन:  चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जीप सफारी बन्द गरिने भएको छ । वर्षासँगै निकुञ्जभित्र जीप जान असहज हुने भएकाले सफारी बन्द गर्न लागिएको हो ।


निकुञ्जले हरेक वर्ष बर्खाको समयमा सफारी बन्द गर्ने गर्छ । र, चाडपर्व सुरु हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुला गरिन्छ । वर्षा लम्बिए सोहीअनुसार खोल्ने समय पछाडि सार्ने गरिन्छ ।

 

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, गत वर्ष असार १६ गतेदेखि जीप सफारी बन्द गरिएको थियो । असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा ल्याइएको थियो ।


उनका अनुसार, वर्षाले बिगारेको सडक मर्मतसम्भार गरेर जीप सफारी खुला गरिन्छ । मध्यवर्ती सामुदायिक वनमा भने जीप सफारी नरोकिने उनले बताए । निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन केन्द्र अवलोकनलगायत पर्यटकीय गतिविधि पनि नियमित सञ्चालन गरिने उनले जानकारी दिए ।


निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्तका अनुसार, विश्वभरका यस्ता निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका निम्ति बन्द गर्ने गरिन्छ । त्यसबाट निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीपनयापन सहज हुने उनले जानकारी दिए ।


वर्षायाममा बाढी आउने र खोलाखोल्सा बढ्ने, रुख ढल्ने, बाटो समेत चिप्लो र हिलो हुने, घाँस र झाडी बढेर जंगली जनावर समेत नदेखिने उनको भनाइ छ । 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ ।  आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो ।   राष्ट्रपति र प्रधान...

थप पढ्नुहोस्

धनुषा:  जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१–०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे मह...

थप पढ्नुहोस्

पोखरा:   पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी ...

थप पढ्नुहोस्