पाल्पामा बोलेरो र्दुघटना हुँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
पाल्पा | असार ३, २०८२
पाल्पा: पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी समेत रहेका बगनासकाली गाउँपालिका वडा नं। १ गाप्टुङ घर भई हाल बुटवल उप महानगरपालिका ११ मझुवा बस्ने बिनोद ढुङ्गाना र सनाखत हुन नसकेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।
सोमबार बेलुका पूर्वखोला गाउँपालिका(५ वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडि अचानक सडकदेखि खस्दा चालकसहित तीन जना घाईते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ढुंगानालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
यस्तै पहिचान खुल्न नसकेका पुरुषलाई युनाइटेड मिसन अस्पताल तानसेनमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको सूचना अधिकारी मल्ले बताए ।
दुर्घटनामा घाइते भएका सवारी चालक जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं. ११ बस्ने ३० वर्षीय राजु खड्काको अवस्था गम्भीर रहेको हुँदा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
अण्डा लोड गरेको बोलेरो जीप सडकदेखि तीन सय मिटर तल खसेको थियो । दुर्घटानाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

