जन्मदिनमा जानकी माविमा अक्षयकोष र शैक्षिक सामाग्री

पाेखरा | जेठ २९, २०८२

जन्मदिनमा जानकी माविमा अक्षयकोष र शैक्षिक सामाग्री

पोखरा: पछिल्लो समय जन्मदिनमा तडकभडक नभई सामाजिक एवम् शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्दछ भन्ने सोच बढेको छ । सो भावनाले प्रेरित भई यहाँका एक युवाले जन्मदिनको खर्च कटौती गरेर विद्यालयलाई सहयोग गरेर छन् ।


पोखरा महानगरपालिका वडा नं. १७ महतगौडाका युवा एलेक्स शर्मा भण्डारीले जानकी माध्यमिक विद्यालयमा ५५ हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना र विद्यार्थीलाई १० हजार मुल्य बरावरको शैक्षिक सामाग्री वितरण गरेर आप्mनो जन्मदिन मनाएका हुन ।


इन्फोम्याटिक कलेज रानीपौवामा स्नातक तह प्रथम बर्षमा अध्ययनरत भण्डारीले खाजा खर्च कटाएर जम्मा गरेको रकमले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन भने बुबा नगेन्द्र शर्मा र आमाव्दय लक्ष्मी र अनितासंगको अनुरोधमा विद्यालयमा अक्षयकोषको स्थापना गर्न सफल भएको राससलाई बताए ।


 विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी, व्यवस्थापन समितिका सदस्यहरु, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा  शैक्षिक सामाग्री र उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।


२०३५ सालमा स्थापना भएको सो विदालयमा हाल तीन सय भन्दा बढी अध्ययनरत छन् ।पछिल्लो समय सामुदायिक विद्यालय समाजका विपन्न, र असहाय वर्गका विद्यार्थीको अध्ययनको थलो बन्दै आएको छ । 


विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका सामाग्री बनाउने सिपमूलक कार्यक्रम समेत सञ्चालन गरेको छ । जसका लागि गण्डकी प्रदेश सरकारले यस आर्थिक बर्षमा पाँच लाख रुपैया विनियोजन गरेको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो ।
  

 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्