मनसुनी हावा सक्रिय हुँदा देशका अधिकांश स्थानमा वर्षा
काठमाडाैं | जेठ २९, २०८२
काठमाडौं: जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ।देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।
माहाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताउनुभयो।
“हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी प्रदेशको ईलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो।
उहाँका अनुसार इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।झाकाअनुसार काठमाडौँ उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ।
माहाशाखाले शुक्रबार बिहानसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।
साथै कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ।
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु तथा सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

