विद्यालयबाट घर हिडेकी पोखराकी पूर्णिमा ६ दिनदेखि सम्पर्क विहिन
पाेखरा | जेठ २८, २०८२
पोखरा: पोखरामा विद्यालयबाट घर हिडेकी एक बालिका ६ दिन देखि सम्पर्क विहिन भएकी छन् ।
पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षिय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहिन भएको उनका बुबा भीमबहादुर तामाङले जानकारी दिए ।
पोखरा १ सिम्पानी निवासी उनलाई ६ दिनदेखी खोजी गरेपनि अझै सम्पर्कमा नआएको भीमबहादुरले जानकारी दिए । छोरी हराएर वडा प्रहरी कार्यालय बगर पुग्दा प्रहरीले सहयोग नगरेको समेत उनले गुनासो पोखे ।
बगर प्रहरीलाई खबर गर्दा नदिपुर प्रहरी विटमा पठाएको उनले सुनाए । पूणिमालाई भेटिएमा नजिकको प्रहरी कार्यालय वा ९७०८८१३२६४ वा ९८१९१०७०४० मा सम्पर्क गरिदिन उनले अनुरोध गरेका छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल ...
काठमाडौं: युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो । महान्या...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

