बेगनास तालमा बेपत्ता श्रेष्ठको शव फेला
पाेखरा | जेठ २६, २०८२
पोखरा: पोखरा महानगपालिका ३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका राजेश श्रेष्ठ मृत फेला परेका छन् ।
आइतबार साँझ करिव ७:४० बजेको समयमा बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाका शहिद लखन गाउँपालिका ६ मनकामना घर भएका ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको शव आज बिहान सशस्त्र प्रहरी लबल नेपाल नं. २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गोताखोरको टोलीले ३५ फिट गहिराइबाट निकालेको हो ।
बेगनासमा ताल मृत भेटिएका श्रेष्ठ गोरखाबाट ६ जनाको समूहमा घुम्न आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

