विन्ध्येश्वरीमा कक्षाकोठा सजावट प्रतियोगिता

पाेखरा | जेठ २०, २०८२

विन्ध्येश्वरीमा कक्षाकोठा सजावट प्रतियोगिता

पोखरा:    कक्षाकोठालाई सिकाई मैत्री तथा शैक्षिक वातावरणमय बनाउन कक्षागत रुपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न गरिएको छ । 

 

पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पाठ्यपुस्तकमा भएका सिकाई क्रियाकलापहरुको विभिन्न सामाग्री निमार्ण गरी कक्षा सजावट प्रतियोगिताको आयोजना गरिएको हो ।

 

 कक्षा १ देखि कक्षा १० सम्म गरी ३ तहमा वर्गीकरण प्रतियोगिता आयोजना गरिएको प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार कक्षा १ देखि कक्षा  ३ सम्मको पहिलो तहतर्फ कक्षा २ प्रथम भबन्यो। 

 

यस्तै कक्षा ४ देखि कक्षा ७ सम्मको दोस्रो तहमा कक्षा ६ प्रथम भयो । भने, कक्षा  ८ देखि कक्षा १० सम्मको तेस्रो तहमा कक्षा ८ पहिलो बन्यो । 

 

उक्त प्रतियोगिताको विजयी कक्षाका विद्यार्थीलाई निर्णायक समितिका सदस्य द्वय होमराज अधिकारी र शान्ति रानाले पुरस्कार वितरण गरेकी थिइन् ।
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्