अन्नपूर्ण म्याराथनमा तिलक र सुनमाया च्याम्पियन
कास्की | जेठ २०, २०८२
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवार च्याम्पियन बनेका छन् ।
अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा भएको म्याराथनमा अन्नपूर्ण आधार शिविर (एबिसी) देखि घान्द्रुकसम्मको दुरी ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।
सुनुवार च्याम्पियन बन्दै नगद रु १ लाख ५० हजार प्राप्त गरे ।
यस्तै नेपाली सेनाकै होमलाल श्रेष्ठ द्वित्तिय बने । उनले उक्त दुरी ४ घण्टा ३० मिनेट ४८ सेकेन्डमा पार गरे । भने, दलबहादुर कुँवरले ४ घण्टा ३३ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै तृतीय बने ।
स्थानीय सचिन गुरुङले ४ घण्टा ३६ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै सान्त्वना स्थान हाँसिल गरे ।
उनीहरु क्रमश नगद रु १ लाख, ५० हजार र ३० हजारबाट पुरस्कृत बने ।
यसैगरी महिलातर्फ सुनमाया बुढाले ४ घण्टा ४१ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितिन् । सुनमायाले नगद रु १ लाख ५० हजार प्राप्त गरिन् ।
राममाया बुढाले ४ घण्टा ५० मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै द्वित्तिय बनिन् । भने, कल्पना बुढाले ५ घण्टा २ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै तृतीय बनिन् ।
उनीहरु क्रमश नगद रु १ लाख र ७५ हजारबाट पुरस्कृत बनिन् ।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटर उचाई भएको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन भएको थियो ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

