सार्वजनिक यातायात व्यवसायीकाे आन्दोलन: आजदेखि देशभर अनिश्चितकालीन बन्द

पाेखरा | जेठ १९, २०८२

सार्वजनिक यातायात व्यवसायीकाे आन्दोलन: आजदेखि देशभर अनिश्चितकालीन बन्द

काठमाडौँ:   यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका छन् ।

 

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रेका हुन् ।

 

उनीहरूकाे गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग छ । 

 

यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन परेकाे व्यवसायीहरूकाे भनाइ छ । 

 

यसअघि गण्डकी प्रदेशमा गत १५ गतेदेखिनै सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा छन् ।
 

यो पनि पढ्नुहोस

 

 

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्