वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान

विरगञ्ज | जेठ १५, २०८२

वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान तस्बिर फाइल

वीरगञ्ज:   गणतन्त्र दिवसका अवसरमा कारागार कार्यालय वीरगञ्जमा सेवारत तीन सशस्त्र प्रहरीसहित १४० जना कैदी बन्दी तथा थुनुवाले रक्तदान गरेका छन् । 


वीरगञ्जमा रगतको अभावलाई मध्यनजर गरेर आज यहाँ रक्तदान कार्यक्रम गरिएको थियो ।  १३४ जना पुरुषकैदी बन्दी, तीन जन महिला कैदी बन्दी र तीन जना सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् । 


पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कैदी जीवन बिताइरहेका  कैदीबन्दीले रक्तदान गरेर सह्रानीय काम गरेको बताए ।‘


‘विभिन्न कारणले कैदी जीवन बिताइरहेका कैदीले अन्य मान्छेको जीवन जोगाउनको लागि रक्तदान गरेर महत्त्वपूर्ण कार्य  गर्नुभएको छ,’ उनले भने, ‘कैदी जीवन बिताइरहेकाहरूलाई रचनात्मक र सिर्जनात्मक भएर अघि बढ्नका लागि अनुरोध गर्दछु ।’


कार्यक्रम संयोजक दिलीपराज कार्कीले कुनै विषम परिस्थितिमा कसुर गरेर सजाय भुक्तान गरिरहेका कैदीबन्दीले अन्य मानिसको जीवन जोगाउनको लागि रक्तदान गरेर सह्रानीय काम गरेको बताए । 


‘वीरगञ्जमा रगतको चर्को अभाव भएको महसुस गरेर नै रक्तदान कार्यक्रम गरेका हौँ,’ उनले भने, ‘रगतको अभावमा छट्पटिरहेकाहरुका लागि यो कार्यक्रमले विशेष अर्थ राख्नेछ ।’ 


कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख रूपक मण्डलले कारागारमा थुनुवा तथा कैदी बन्दी गरेर करिब एक हजार ३००को हाराहारीमा रहेको जानकारी दिए । 

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्

पाल्पा:   शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...

थप पढ्नुहोस्

भक्तपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ ।  देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

थप पढ्नुहोस्