पोखरामा ४५ दिने चिनिया भाषा तालिम
पाेखरा | जेठ १५, २०८२
पोखरा: नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सह आयोजनामा आजदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ ।
नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरूलाई प्रदान गरिने आतिथ्यतामा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ ।
पोखरामा चिनिया पर्यटकको आगमन बढीरहेका सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकोले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो ।
तालिममा पर्यटन क्षेत्र सम्बन्ध विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता छ ।
एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नेपाल र चिनबीचको सम्बन्ध विस्तार हुँदै गइरहेका अवस्थामा गरिएको तालिमले विशेष महत्व राख्ने बताउनुुभयो ।
हामी दुुई ठूला राष्ट्रको बीचमा रहेको बताउँदै उहाँले हाम्रो पर्यटनलाई राम्रो बनाउँदै उनीहरूलाई आकिर्षत गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले चिनमा आफ्नै भाषा बोल्ने क्रम बढी रहेको बताउँदै उनीहरू नेपाल भ्रमणमा आउँदा चिनिया भाषा जान्नेले राम्रो आतिथ्यता प्रदान गर्न सक्ने बताउनुुभयो ।
पर्यटनका सबै क्षेत्रका व्यक्तिलाई समेटेर तालिम दिन लागिएको बताउँदै उहाँले यसले समग्र पोखराको पर्यटनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनको छेन्दुमा पहिलो व्यवासायिक चाटर्ड उडानसँगै हालसम्म चारवटा उडान भैसकेको बताउनुुभयो ।
चिनसँगको पर्यटकीय सम्बन्ध विस्तार भैरहेका अवस्थामा गर्न लागिएको चिनिया भाषा तालिम बहुउपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किरोर दाहालको सभापतित्व एवम् महासचिव चेतबहादुर कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका सचिव नवराज भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा भ्रमण वर्ष कार्य सम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् होटेल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैरे, पूर्व अध्यक्ष हरिरम अधिकारी, पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासु त्रिपाठी लगायतले तालिमको महत्व सम्बन्धमा आ आफ्ना धारणा राख्नुभएको थियो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

