तारा राजावादीको बयान: पत्रकार सुरेश रजक मृत भेटिएको घरमा मैले आगो लगाएको हुँ
काठमाडाैं | जेठ १३, २०८२
प्रहरीसामु बयानका क्रममा आफू एटीएफ चैत १५ गतेको कार्यक्रम आयोजनाका सम्बन्धमा पटक पटक दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्रलगायतसँग कुराकानी भएको उनले बताएका छन् ।
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य तारा राजावादी भनिने सरोज गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफूले आगो लगाएको बयान दिएका छन् ।
आइतबार दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रहरीसामु बयानका क्रममा आफू एटीएफ चैत १५ गतेको कार्यक्रम आयोजनाका सम्बन्धमा पटक पटक दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्रलगायतसँग कुराकानी भएको उनले बताएका छन् ।
त्यसक्रममा चैत १५ गते आफू बिहान १० बजे नै उक्त स्थानमा पुगेको बताएका छन् ।
रविन्द्र मिश्र र धवल शम्शेरले स्टेजमा भाषण गरिरहेको बेला दुर्गा प्रसाईँसहितको समूह निषेधित क्षेत्रमा गइ अमानवीय र अराजक शैलीमा संसद् भवन कब्जा गर्नुपर्छ भनी उत्तेजित बनाउँदै गाडी कुदाएको बयानमा उनले बताएका छन् ।
त्यसपछि आफूले भिडलाई उत्तेजित बनाउँदै त्यसतर्फ लगेको र प्रहरीले रोकेपछि बिचबाट आफू र प्रसाईँ हिँडेर कार्यक्रम स्थल पुगेको उनले बताएका छन् ।
स्टेजबाट मिश्र र शम्शेरले उत्तेजित अभिव्यक्ति दिएपछि प्रहरीमाथि ढुङ्गा मुढा सुरु गरेको र त्यसै क्रममा ५ तल्ले पक्की घरमा सटर च्यानल गेटमा लगाएको ताला फोडी अनधिकृत रुपमा भित्र छिरेको पनि उनले बताएका छन् । यो खबर रातोपाटी डटकममा लेखिएको छ ।
पोखरा: कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पट...
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...

