हेमजामा वडास्तरीय फुटबल जारी, 'आयोजक निलो' सेमिफाइनल प्रवेश
पाेखरा | जेठ १३, २०८२
पोखरा महानगरपालिका वडा २५ हेमजामा जेष्ठ १० गतेदेखि जारी ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” को तेस्रो दिन दुई खेल सम्पन्न भएको छ ।
सोमबार भएकाे पहिलो खेलमा वडा १३ ले र १४ लाई २–० गोलको अन्तरले पछि पार्दै आगामी यात्रा तय गर्याे ।
आयोजक वडा २५ निलो र वडा २० बीच भएको पहिलो क्वाटरफाईनलको खेलमा ४–० गोल अन्तरले हराउँदै वडा २५ निलो सेमिफाइनल प्रवेश गरेको छ ।
उक्त खेलमा वडा २५ का राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
आजकाे पहिलो खेल वडा न.५ र २५ रातो बीच हुनेछ । दोस्रो वडा न.१ र ६ बीच विहान १० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुंवारले जानकारी दिए ।
१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिनेछ ।
साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
खेल जेष्ठ १७ गते सम्म गौरीशंकर खेल मैदान(गौरी)मा सञ्चालन हुनेछ ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

