व्‍यथाले छट्पटिएकी महिलालाई सडकमै सुत्केरी गराउने प्रहरी जवान पुरस्कृत

काठमाडाैं | जेठ ७, २०८२

व्‍यथाले छट्पटिएकी महिलालाई सडकमै सुत्केरी गराउने प्रहरी जवान पुरस्कृत

धनगढी: महिला प्रहरी जवान चन्द्रिका देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नगद र प्रशंसापत्रसहित सम्मान गरेको छ ।


गोदावरी नगरपालीका-१ चैतनेपुरस्थित सडकमै बेवारिसे अवस्थामा एकजना आमाले बच्चा पाउँदै गरेको बेला सहयोग र उद्धार गरेकी देउवालालाई सम्मान गरिएको हो ।


गोदावरी नगरपालिका–१ वसन्तपुरमा कोठा भाडामा बस्दै आएकी ती २४ वर्षीय चन्द्रा आचार्यको उद्धार गरेर शिशुको पनि ज्यान बचाएएपछि देउवालाई सम्मान गरिएको हो ।


बाध्यात्मक अवस्थामा सडकै बच्चा पाइरहेकी आमालाई सहयोग गरेर देउवाले प्रशंसा पाएकी छन् ।


अहिले आमा र बच्चा पद्मा अस्पताल अत्तरियामा छन् । ‘स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी हतार हतार गयौँ, कसैले छुन मानेनन् । मैले उनको पीडा सहन नसकेर बर्दीमै रहेको बेला पनि सघाएकी हुँ ।’


त्यसपछि स्वास्थ्यकर्मीलाई खबर गरिएको उनले बताइन् । ‘तर उहाँहरू आउन समय लाग्ने भयो । स्वास्थ्यकर्मी आउँदासम्म आमाले बाटोमा बच्चा जन्माइन्’, उनले भनिन्, ‘ती महिलाको पीडा देखेर सुडेनीको काम आफैँले अघि सरेर गरेँ ।’


चन्द्रिका इलाका प्रहरी कार्यलय मालाखेतीअन्तर्गत अस्थायी प्रहरी पोष्ट खैराना प्रहरी बिटमा कार्यरत छिन् । ती सुत्केरी आमाको मानसिक स्वास्थ्यमा समस्या हुँदा बेवारिस अवस्थामा रहेको खुलेको छ ।


बझाङको थलारा गाउँपालिकाकी आचार्यका श्रीमान् रोजगारीका लागि भारतमा छन् । सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको नजिकको घरमा लगेर सुत्केरी गराइएको थियो ।


सुत्केरी भएको ठाउँमा पुगेको पद्मा अस्पतालबाट एमडीजीपी गणेश फुलारासहितको टोली पुगेको थियो । महिलाको साल अड्किएर अवस्था जटिल भएपछि अस्पताल लगेर उपचार गरिएको छ।

सर्लाही:   सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहर...

थप पढ्नुहोस्

पोखरा:   अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...

थप पढ्नुहोस्

म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...

थप पढ्नुहोस्