राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन: अवसर र चुनौती
पाेखरा | जेठ ५, २०८२
शिवहरि सुवेदी
-केन्द्रीय अनुशासन आयोग सदस्य (राष्ट्रिय युवा संघ नेपाल)
-नेकपा एमाले लेखा कमिटी अध्यक्ष अन्नपूर्ण गाउँपालिका,कास्की
पोखरा: नेपालको समकालीन राजनीतिक वातावरणमा सबैभन्दा बढी निराश देखिएको वर्ग युवाहरू हुन् ।
विगतका आन्दोलन, परिवर्तन र राजनीतिक उपलब्धिमा युवाहरूको निर्णायक भूमिका रहेपनि अहिलेको राजनीतिक प्रणालीप्रति उनीहरूमा बढ्दो अविश्वास, वितृष्णा र दूरी देखिएको छ ।
राजनीति ‘प्रभावशाली सेवा’ को माध्यम हैन, सत्ताको संरक्षणको औजार बनेको धारणा व्यापक बन्दै गएको छ ।
यस्तो सन्दर्भमा, राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन केवल संगठनको नेतृत्व चयन गर्ने औपचारिकता नभई समग्र युवापुस्तासँग जोडिएको अपेक्षा र चुनौतीको संगम बन्दैछ ।
-
समसामयीक पृष्ठभूमि: युवाबीचको राजनीतिक वितृष्णा
–विगतमा युवाहरू आन्दोलनको अगुवाइमा थिए, तर आज नीति निर्माण प्रक्रियाबाट उनीहरू टाढा छन् ।
–बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवामा असमानता, र सिफारिस–प्रेरित प्रणालीले उनीहरूलाई निराश बनाएको छ ।
–राजनीति र राज्यप्रणालीप्रति वितृष्णा बढ्नुको मुख्य कारण, योगदान पुर्याउनेलाई छायामा राख्ने प्रवृत्ति हो ।
-
दशौं महाधिवेशनका अवसरहरू
१. संगठनको गुणात्मक पुर्नसंरचना
-सँख्यात्मक हैन, गुणात्मक विस्तारमा जोड दिनु पर्ने समय आएको छ । नेतृत्व र नीतिको पुनरावलोकनको अवसर यही महाधिवेशनले दिन सक्छ ।
२. योगदानमा आधारित नेतृत्व निर्माण
-क्षमता, प्रतिबद्धता र इमानदारितामा आधारित नेतृत्व छनोटले संगठनलाई विश्वसनीय बनाउँछ । यही आधार तय गर्न महाधिवेशन निर्णायक बन्न सक्छ ।
३. नीति स्पष्टता र युवामैत्री दृष्टिकोण
-रोजगारी, प्रविधि, उद्यमशीलता, जलवायु संकटलगायत युवासम्बन्धी विषयमा ठोस नीति आवश्यक छ, जसको कार्यान्वयन खाका महाधिवेशनबाट तय हुनुपर्छ ।
४. मिसन २०८४ सँग रणनीतिक जोड
-दशौं महाधिवेशनले ‘युवालाई मतदाता होइन, नीति निर्माता बनाउने’ दृष्टिकोण ल्याउने हो भने आगामी निर्वाचनमा संगठन निर्णायक भूमिका खेल्न सक्छ ।
-
चुनौतीहरू
१. गुटगत राजनीति र गुट सन्तुलन
-यदि महाधिवेशन गुट सन्तुलनकै भरमा सीमित रह्यो भने योगदान गर्ने धेरै युवाहरू हतास हुनेछन् ।
२. व्यवहारमा लागु नहुने घोषणा
-अघिल्ला महाधिवेशनका नीति, योजना कार्यान्वयन नभएको इतिहास दोहोरियो भने यसपटकको उत्साह पनि निराशामा परिणत हुन सक्छ ।
३. प्रतिनिधित्वको सीमितता
-प्रदेश, लिङ्ग, वर्ग, समुदायको समावेशी प्रतिनिधित्व भएन भने संगठन ‘राष्ट्रिय’ हैन ‘केन्द्रीकृत’ संस्थाजस्तो देखिने खतरा रहन्छ ।
४. व्यावसायिक रणनीतिक अभाव
-राजनीतिक प्रशिक्षण, नीति बहस, उद्यम विकासजस्ता क्षेत्रमा व्यावहारिक योजना र दीर्घकालीन सोचको अभाव नै प्रमुख चुनौती हो ।
-
रणनीतिक सिफारिसहरू
❖ “एक कार्यकर्ता = एक अभियान” मा संगठनलाई परिचालन गर्ने रणनीति आवश्यक छ।
❖ महाधिवेशन निर्णयहरू कार्यान्वयन गर्न छुट्टै ‘Action Committee’ गठन गरिनुपर्छ।
❖ संगठनभित्र अनुशासन, पारदर्शिता, जवाफदेहिता, र प्रतिस्पर्धाको संस्कृति विकास गर्नुपर्छ ।
❖ निर्णयहरू संवाद र दस्तावेजमार्फत आम युवासम्म पु¥याउने कार्ययोजना आवश्यक छ ।
-
निष्कर्ष
राजनीतिक विसंगति, गुटगत जटिलता र वैचारिक विचलनबीच राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन युवापुस्तामाझको राजनीतिक आस्थालाई पुनस्र्थापित गर्ने अवसर हो ।
यदि यस महाधिवेशनले आत्मालोचना, पारदर्शिता, योग्यता र योगदानको मूल्यांकनसहितको नेतृत्व छनोट, तथा समावेशी रणनीति प्रस्तुत गर्न सक्यो भने—यो महाधिवेशन नैराश्यताको अँध्यारोमा उज्यालो किरण सावित हुनेछ ।
“अत सही मार्गचित्र र जवाफदेही नेतृत्व स्थापित गर्न सकियो भने, राष्ट्रिय युवा संघ नेपाल फेरि पनि मात्र राजनीतिक संगठन होइन — नेपाली युवाको आशा, विश्वास र परिवर्तनको अग्रणी प्रतिनिधि, आस्थाको एकमात्र धरोहर बन्न सक्छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

