पोखरा थन्डर्स धनगढीसँग दोस्रो क्वालिफायर खेल्ने

काठमाडाैं | बैशाख ७, २०८२

पोखरा थन्डर्स धनगढीसँग दोस्रो क्वालिफायर खेल्ने

पोखरा:   तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स धनगढीसँग भिड्ने भएको छ ।

 

दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा एफसी चितवनलाई ३–० को गोल अन्तरले पराजित गर्दै पोखराले दास्रो क्वालिफायर खेल खेल्ने अवसर प्राप्त गरेको हो । उक्त खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ ।

 

उक्त खेलको विजेता उपाधिका लागि ललितपुर सिटीसँग भिड्नेछ ।

 

पोखराको जितमा जो आइडोले दुई गोल गरे । भने, १ गोल चितवनको तर्फबाट आत्मघाती बन्न पुग्यो ।

 

यसअघि पहिलो क्वालिफायरमा धनगढीलाई २–१ ले हराउँदै ललितपुर सिटी एफसीअपराजित रहँदै फाइनलमा पुगिसकेको छ ।

 


 

एफसी चितवन ३ जित १ बराबरी र २ हारमा १० अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । पोखराले २ जित, २ बराबरी र २ हारको नतिजामा ८ अक जोड्दै गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै प्ले अफमा पुगेको हो ।

 

यो सिजन पोखराले सुरूवाती दुई खेल गुमाएपनि उत्कृष्ट कमब्याककासाथ दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको थियो । 

 

पोखरा गत सिजन अंक तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको थियो ।

 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्