माग सम्बोधन गर्ने प्रतिबद्धतापछि यातायात व्यवसायीकाेआन्दोलन फिर्ता

कास्की | साउन २१, २०७९

माग सम्बोधन गर्ने प्रतिबद्धतापछि यातायात व्यवसायीकाेआन्दोलन फिर्ता

पोखरा:  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले घोषणा गरेको २२ गतेदेखिको आन्दोलन स्थगित भएको छ ।

 

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीका अनुसार गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता दिएको बताए ।

‘अहिले प्रदेश सरकारसँग व्यवसायीको छलफल भइरहेको छ, सुनगाभा न्यूजसँग भने, ‘यथाशिघ्र यातायात व्यवसायीको माग सम्बोधन गर्ने सहमति भएपछि घोषित आन्दोलन फिर्ता गरेका हौ । मुख्यमन्त्री सहित विभागीय मन्त्रीहरु सम्मिलित बैठक छिटै बस्ने र माग सम्बोधन गर्ने सहमति भएको छ ।’

 

गत १८ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै (भोलि) आइतबारदेखि गण्डकी प्रदेशभर चल्ने करिब २० हजार बढी मालबहाक तथा यात्रुबहाक सवारी साधन घर तथा ग्यारेजमा राखेर गण्डकी प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको थियो । 
 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्