ऐतिहासिक काल्खु मेला: खुल्ला नृत्य प्रतियोगितामा अनुस्कालाई उपाधि

पाेखरा | बैशाख ३, २०८२

ऐतिहासिक काल्खु मेला: खुल्ला नृत्य प्रतियोगितामा अनुस्कालाई उपाधि

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा भएको खुल्ला नृत्य प्रतियोगितामा कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भएकी छिन् । 

 

जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते)देखि सञ्चालन भएको मेलामा आयोजित खुल्ला नृत्य प्रतियोगितामा ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अनुस्का प्रथम भएकी हुन् । 

 

यस्तै कोल्माकी साईसा गुरुङ द्वित्तिय, पोखराका दिपेश सुनार तृतिय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हाँसिल गरे । 

 

खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वित्तिय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हाँसिल गरेका विक्रमलाई नगद रु २ हजार पुरस्कार प्राप्त गरेको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए । 

 

उनका अनुसार म्युजिकल चियर प्रतियोगितामा निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वित्तिय र माया रानामगर तृतिय भइन् । सो प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो । 

 

कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्व निर्णायकको भूमिकामा थियो ।

 

भलिबल तर्फ पहिलो चरणकै खेल जारी

 

मेलामा जारी पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो चरणकै तीन खेल सम्पन्न भए । बुधबार भएको पहिलो खेलमा भोर्लेले नाम्चेलाई २–० को सोझो सेटमा पराजित गर्याे ।

 

पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२० ले भोर्लेले जित हात पार्याे । 

 

दोस्रो खेलमा थामडाँडाले दुर्गेलाई २–० को सोझो सेटमा हरायो । थामडाँडाले पहिलो सेट २५–१५ र दोस्रो सेट २७–२५ ले जितेको थियो । 

 

यसैगरी बुधबार भएको अन्तिम खेलमा कोल्माले माथिल्लो काल्खुलाई २–१ को सेटमा पराजित ग¥यो । कोल्माले पहिलो सेट २०–२५ ले जितेपनि दोस्रो सेट २५–२३ ले गुमाएको थियो ।

 

निर्णायक तथा तेस्रो सेटमा फेरि पुनरागमन गर्दै कोल्माले २७–२५ ले जितेको थियो । 

 

आज (बिहीबार) पनि पहिलो चरणकै खेल हुने क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।

 

अध्यक्ष रानामगरका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।

 

सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्