राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण दौरान रुसको मिसाइल आक्रमण
काठमाडाैं | बैशाख १६, २०७९
एजेन्सी: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले युक्रेनको भ्रमण गरिरहेका बेला रुसले युक्रेनी शहरहरुमा मिसाइल आक्रमण गरेको छ ।
युक्रेनी राजधानी किभबाट एक साताअघि नै पछि हटेको रुसी सेनाले पुनः राजधानी किभ सहितका शहरमा बमबारी गरेको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग पत्रकार सम्मेलन गरेको झण्डै एक घन्टापछि बमबारी शुरु भएको हो ।
रुसले युक्रेन माथि एकैपटक पाँचवटा मिसाइल आक्रमण गरेको जनाइएको छ । रुसको पछिल्लो आक्रमणले विश्वव्यापी संस्थाहरु प्रतिको रुसको दृष्टिकोष स्पष्ट भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ छ ।
यसैबीच अमेरिकाले युद्धग्रस्त युक्रेनको सहयोगका लागि ३ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ ।-
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

