दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
तनहुँ | चैत २८, २०८१
तनहुँ: शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिनुभयो । नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...
पोखरा: धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ । हेमजाको फुर्केट...
काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

