ल्वाङगाउँमा ३१ औं चैत्र दशैं मेला सुरु, सोमबारदेखि खेल सञ्चालन हुने
पाेखरा | चैत २४, २०८१
पोखरा: कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आजदेखि ऐतिहासिक ३१ औं चैत्र दशैं मेला सुरु भएको छ ।
ग्रिनहिल युवा क्लबको आयोजनमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङमा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला सुरु भएको हो ।
मेलाको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश बहादुर केसीले गरे ।
सो अवसरमा बोल्दै मन्त्री केसीले ल्वाङगाउँ पुग्ने सडक स्तरोन्नतीका लागि उचित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

उनले गण्डकी प्रदेश संस्कृति र प्रकृतिमा धनि रहेको बताउदै प्रवद्र्धनको आवश्यकता रहेको बताए ।
उनले ल्वाङगाउँ आन्तरिक तथ बाह्य पर्यटकको रोजाईको गन्तव्य भएको उल्लेख गर्दै पूर्वाधारको विकास जरुरी देखिएको धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, पूर्वाधार विकास कार्यालयका प्रमुख सोभित खड्का, नेकपा एमाले कास्कीका उपसचिव लाल बहादुर परियार, ल्वाङ समितिका अध्यक्ष हितकाजी गुरुङ, एक्याप ल्वाङका प्रमुख लेखनाथ गौतम, स्थानीय समाजसेवी तथा पर्यटन व्यवसायीहरु लगायतले बोलेका थिए ।
सोही मेलाकै अवसरमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भौतिकमन्त्री केसीले भौतिक मन्त्रालयबाट विजियोजित ५ करोडको लागतमा निर्मित भाङखोला–ल्वाङको (१ हजार २ सय मिटर ढलान) सडकको उद्घाटनसमेत गरेका थिए ।

क्लबका अध्यक्ष सुजन गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा प्रताप गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने, कार्यक्रम सञ्चालन तिर्थ गुरुङले गरेका थिए ।
औपचारिक कार्यक्रमसँगै स्थानीय दुई भेट्रान्स टिमबीच प्रतिस्पर्धा भएको थियो ।
सोमबारदेखि खेल सञ्चालन हुने
यही २७ गतेसम्म सञ्चालन हुने सो मेलामा भोलि (सोमबार) देखि भलिबल प्रतियोगिता सञ्चालन हुुने खेल संयोजक अनोद गुरुङले बताए ।
उनका अनुसार क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आज (आइतबार) सम्म टिम दर्ता भइरहेको छ ।
अहिलेसम्म पुरुषतर्फ करिब १० टिमको दर्ता भएको छ ।
पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए ।
उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।
यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने छ ।
उनका अनुसार सो मेलामा छेलो हान्ने, रस्साकस्सी, म्युजिकल चियर,बेलुन फुटाउने प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

