पोखरा २०: भलाममा छात्र/छात्रा ५ र ३ किमी दौड चैत्र २९ गते हुँदै
पाेखरा | चैत २४, २०८१
पोखरा महानगर पालिका वडा नं २० मा मासिक/साप्ताहिक दौड अन्तर्गत विद्यालयस्तरीय छात्र/छात्रा ५ र ३ किमि दौड यहि चैत्र २९ गते शनिबार हुने भएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा उक्त दौड आयोजना हुन लागेको मञ्चका अध्यक्ष दिलबहादुर गुरूङले जानकारी दिएका हुन् ।
सो दौड पोखरा रंगशाला बाहिर पहिलो पटक आयोजना हुन लागेको हो ।
पोखरा महानगर पालिका भित्र रहेका ३३ वटै वडामा मासिक/साप्ताहिक दौड आयोजना गर्ने गरी मञ्चले आफ्नो योजना अघि बढाएको सो कार्यक्रमका संयोजक तेज बहादुर गुरूङले जनाएका छन् ।
उनले भने–“यो हाम्रो मात्रै पहलले हुँदैन यसमा विशेष गरी पोखरा महानगरपालिका, सरोकारवालाहरु, विद्यालयहरु विभिन्न संघ संस्थाहरुको सहकार्य आवश्यक छ । स्वस्थ्य नागरिक उत्पादनका लागि दौड संस्कृतिको विकास र खेलाडी उत्पादन यसमा जोडिएको महत्वपूर्ण विषय हो ।”
मञ्चले पोखरालाई दौडै दौडको शहरमा अघि बढाउन तथा यूवा खेलाडी उत्पादन हेतु विगत तीन महिना देखि निरन्तर विद्यालयस्तरीय छात्र÷छात्रा दौड आयोजना गर्दै आएको छ ।
पोखरा रंगशालामा सम्पन्न तीन संस्करणको दौडमा विभिन्न विद्यालयका करिव ३ हजार भन्दा बढिको सहभागिता भइसकेको छ ।
वडा नं २० भलाममा आयोजना हुने उक्त प्रतियोगिताले त्यस क्षेत्रको पहिचान बनाउन समेत योगदान पुग्ने बताउँदै दर्ता खुल्ला गरिएको मञ्चले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

