लेकसाइडमा होटलको छतबाट खसेर भारतीय पर्यटकको मृत्यु
पाेखरा | साउन २०, २०७९
पोखरा घुम्न आएका भारतीय पर्यटकको होटलको छतबाट खसेर मृत्यु भएको छ ।
भारतको मेङलोर घर भएका ४५ वर्षिय भारतीय नागरिक भानु प्रकाशको होटलको छतबाट खसेर मृत्यु भएको हो ।
पोखरा महानगरपालिका-६ लेकसाइड, गौरीघाटस्थित पोखरा इन्टरनेसनल होटलमा आफन्तसँग पोखरा घुम्न आएका भारतीय नागरिक भानु प्रकाशको छतबाट खसेर शुक्रबार बिहान मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशको शव पोष्टमार्टम लागि गण्डकी हस्पिटल लगेको र उनको मृत्यु के कसरि भयो भनेर थप अनुसन्धान भैइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

