ताङतिङमा हुने चैते दशैं मेलाको तयारी तिब्र, बास्केटबल र भलिबल प्रतियोगिताको मुख्य आकर्षण

भलिबल र बास्केटबलको उपाधि राशी १ लाख

कास्की | चैत २०, २०८१

ताङतिङमा हुने चैते दशैं मेलाको तयारी तिब्र, बास्केटबल र भलिबल प्रतियोगिताको मुख्य आकर्षण

पोखरा:   कास्कीको पर्यटकीय गाउँ ताङतिङमा आयोजना हुने ३१ औं चैत्र मेला, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

ताङतिङ क्लबको आयोजनामा यही २२ गतेदेखि २६ गतेसम्म मादी गाउँपालिका २ ताङतिङमा हुने मेलाको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए ।

 

उनका अनुसार उक्त मेलामा मुख्य आकर्षणको रुपमा खुला पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता समावेश गरिएको छ ।

 

यस्तै पुरुष तथा महिला छेलो हान्ने प्रतियोगिता, पुरुष दौड प्रतियोगिताको आयोजना गरिनेछ ।

 

खुला भलिबल तथा बास्केटबलतर्फको विजेता टिमलाई नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए । यस्तै दुवै प्रतियोगिताको उपविजेता टिमलाई नगद रु ७० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

 

उनका अनुसार पुरुष दौडतर्फ प्रथमलाई ४० हजार, द्वित्तियलाई ३० हजार, तृतीयलाई २० हजार, चौथो हुनेलाई १० हजार, पाँचौ, छैटौं र सातौ हुनेलाई क्रमश ८ हजार, ६ हजार र ५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । 

 

 

 

पुरुष छेलो हान्ने प्रतियोगिताको विजयीलाई २५ हजार नगद, उपविजयी बन्नेलाई १५ हजार प्रदान गरिने उनले बताए । यस्तै महिलातर्फको विजेतालाई १० हजार र उपविजयी बन्नेलाई ५ हजार प्रदान गरिनेछ ।

 

पुरुष डोरी तान्नेतर्फ प्रथम हुने समूहलाई नगद रु ३० हजार र द्वित्तिय हुने समूहलाई २० हजार, ३५ वर्ष माथि उमेरसमूहतर्फको बास्केटबल प्रतियोगिताको विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १० हजार प्रदान गरिने क्लबका सचिव बिन गुरुङले जानकारी दिए । 

 

उक्त कार्यक्रममा  लाइभ कन्सर्ट तथा ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

पोखरा:  पोखराको अमरसिंहमा जारी १४ औं पोखरा महोत्सवमा माघ ४ गतेदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ ।  गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो ।  नेपाली कांग्रेसको बहुमत महाधिवेशन...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।   आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...

थप पढ्नुहोस्