पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालकको अवस्था गम्भीर
पर्वत | चैत १९, २०८१
पर्वत: पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी १५ वर्षीय एक किशोरको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा परी जलजला गाउँपालिका–५ गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो भने ट्र्याक्टर चालक सोही स्थानका २० वर्षीय अनिल रेग्मीको अवस्था गम्भीर रहेको छ ।
लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग१त २२६० नम्बरको खाली ट्र्याक्टर सडकदेखि एक सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।
घाइते रेग्मीलाई थप उपचारका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
घटनाका बारेमा बारीबेनी प्रहरी चौकीबाट पुगेको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको सापकोटाले बताउनुभयो । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

